दफा ७२
सम्झौताद्वारा व्यवस्था गर्न सकिने
विद्युतीय अभिलेख सृजना गर्ने, सम्प्रेषण गर्ने, प्राप्त गर्ने, जम्मा गर्ने वा अन्य कुनै किसिमबाट प्रशोधन गर्ने कार्यमा संलग्न पक्षहरुले तत्सम्बन्धी आफ्ना काम कारबाहीका सम्बन्धमा परिच्छेद–३ का कुनै वा सबै व्यवस्था लागू नहुने गरी वा सो परिच्छेदमा उल्लिखित व्यवस्थाहरुमा केही परिवर्तन गरी सो बमोजिम आफ्ना काम कारबाही व्यवस्थित हुने गरी सम्झौताद्वारा व्यवस्था गर्न सक्नेछन् ।